गृहमन्त्री श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी

72

बेइजिङ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् ।

चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले आज यहाँ आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।

राजधानी बेइजिङमा आयोजित उद्घाटन समारोहमा चीनका राष्ट्पति सी चिनफिङले मुख्य सम्बोधन गरे। सम्मलेनलाई सम्बोधन गर्दै राष्ट्रपति सी ले १० वर्षयता बेल्ट एन्ड रोड अन्तरर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको उल्लेख गर्दै सूचना राजमार्ग, रेल राजमार्ग, विमानस्थल, बन्दरगाहलगायतका माध्यमबाट विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सफल भएको र यसले विभिन्न मुलुकका सामान, पूँजी, प्रविधि तथा मानवीय आवतजावतसमेत प्रभावकारी बनेको विचार व्यक्त गगरे ।

राष्टपति सिलगायत विभिन्न मुलुकका राष्टध्यक्षहरुले उद्घाटन सम्बोधन गरेको यस सम्मेलनमा सहभागि हुने आउने एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूलाई चीनले स्वागत गरेको बताइएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसगैँ चीनका लागि नेपालका राजदुत विष्णुपुकार श्रेष्ठसमेत सहभागि छन्। उपप्रधानमन्त्री श्रेष्ठले आजै आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here