वृद्धवृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न भन्दै अभियान सुरु

27

वालिङ । वालिङका युवाले स्वतःस्फूर्त रूपमा वृद्धवृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न भन्दै अभियान सुरु गरेका छन् । पछिल्लो समय युवा तथा बालबालिका मेबाइल, ल्यापटप जस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धा एक्लै परिरहेको भन्दै युवाले ‘मातापिता प्रतिष्ठान’ नामक संस्थासमेत खोलेका छन् ।

समाजमा बाल क्लब, युवा क्लब, आमा समूहलगायत विभिन्न सामाजिक संस्था भए पनि वृद्धवृद्धा रमाउने उपयुक्त माध्यम छैनन् ।

अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले संस्थामार्फत उनीहरूको जीवनलाई आनन्दित बनाउने योजना रहेको बताउनुभयो । उहाँका अनुसार वृद्धवृद्धा अनुभवले भरिपूर्ण भएका हुन्छन् त्यसैले उहाँहरूको ज्ञान, सिप र अनुभवलाई पुस्ता हस्तान्तरण गर्न संस्था खोलिएको हो ।

प्रतिष्ठानले बुढेसकालमा साथीसँगै नातिसँग रमाउन सक्ने पार्कसहितको आश्रम बनाउन अभियान सुरु गरेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । प्रतिष्ठानका सचिव भरत बगालेले भन्नुभयो, “मातापिता जीवित भगवान् हुन् तर बुढेसकालमा तनाव र पीडायुक्त जीवन जिउने अवस्था बनेको छ । यो समस्या देखेर नै युवा मिलेर संस्था खोलेका हौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here