काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ गुरूङ टोलमा राम बहादुर डाँगीको धान दाउने क्रममा भे.२ च ६७४ नम्बरको ट्याक्टरमा जोडिएको थ्रेसरमा सोमबार दिउँसो आगलागी हुँदा करिब २६ कुईन्टल धान र ट्याक्टरको ईन्जिन बाहेक अन्य सबै भाग जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, मेचिनगर नगरपालिका-१३ चारआली चोकस्थित सडकमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्र.१-०२-००१ क. ३५६९ नम्बरको जेसिबीमा वाईरिङको तार सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा जेसिबीको ईन्जिनको भाग पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















