मधेस प्रदेश सरकारले भूकम्पबाट प्रभावित जिल्लामा ६० लाखको राहत पठाउने

69

काठमाडौं ।  गत शुक्रबार गएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका जिल्लामा मधेस प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत सामग्री पठाउने निर्णय गरेको छ।

सोमबार बसेको मधेस प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ६० लाखको राहत पठाउने निर्णय गरेको हो।

राहत सामग्रीमा खाद्यान्न पठाउने निर्णय भएको हो। बैठकले चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाउने निर्णय गरेको मधेस प्रदेश सरकारका  गृह, संचार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here