कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

90

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले गत असोज ९ र १० गते सञ्चालित पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

२०८० जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका, तर बाँकी दुई विषयमा एनजी (नट ग्रेडेड) प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी भएका थिए।

यसपटक १ लाख १७ हजार ८८२ परीक्षार्थीले पूरक परीक्षा दिएका थिए। पूरक परीक्षा दिएकामध्ये ८८ हजार ९४७ अर्थात् ७५.४५ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here