राष्ट्रपति र लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनबीच भेटवार्ता

42

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीले भेट गरेका छन् ।

राष्ट्रपति भवन (शीतलनिवास) मा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूका लागि तत्कालै सहयोग गरेको जानकारी दिए । साथै उनले अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउँदै भूकम्प प्रभावितहरूका लागि लायन्सको सहयोगप्रति धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here