संसारबाट बिदा भए राष्ट्रकवि माधव प्रसाद घिमिरे

401

काठमाडाैं – मंगलवार राष्ट्रकवि  माधव प्रसाद घिमिरे संसारबाट विदा भएका छन् ।   १ सय १ वर्षको उमेरमा निवासमा  निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए । उनको जन्म  वि.स. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here