ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा

70

काठमाडौं । बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो ।

प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

बबरमहलमा राखिएको ट्राफिक लाइट पैदलयात्रु आफैंले बटन थिचेर बत्ती बाल्ने र गाडी रोकिएपछि बाटो काट्न मिल्ने खालको छ । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत अगाडिको सडकमा जडान गरिएको यो ट्राफिक लाइट यही मंसिर ११ गते सन्चालनमा ल्याएको थियो ।

काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँ ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here