कीर्तिपुरको इतिहास : गुलाम बन्दै

59
– प्रशान्त महासागर
मलाई पाप लाग्छ
मलाई सराप लाग्छ
मेरो लास जल्दैन्
मेरो लास कीरा परेर सड्छ । किनभने मैले बेथिति देखें त्यसलाई विसंगति बनाउनुहुन्न भनें । मेरो आँगन आसपास जननी जन्मभूमी वरपर भेदभावहिन संस्कार छ त्यसको संरक्षण गर्नुपर्छ भनें । सम्पदा मासेर दुई आनाको जग्गा चार आना बनाउनुहुन्न भनें । सायद यी ती कुराहरु अपराध नै अरुलाई लागे होला प्रायः सबै मौन बसे । सत्ता र प्रतिपक्ष बन्नेहरु मानापाथीकै जोहोमा जुटे । आदिम काल देखि बसोबासित आदिवासी भूमीपुत्र भन्नेहरु भूमीहिनमा रमे । जनजाती भनाउँदाहरु संस्कार मासेरै फुले । टुक्रा टुक्रामा बिके । मानौं मनुष्य हुँ भनी गर्व गर्ने गर्नुपर्छ भनी धरोहरको रुपमा निर्मित नियमहरु लास झै थुने । सिन्की झै राजनीतिले खाए । यस्तोमा मलाई के रोग लागेको कुन्नी मैले संस्कारको कुरा गरें । सुरुमा ग्वा: पुखू गंगाजलको लिने पवित्र मानसरोवर कैलाशकुट भनें । विश्वास लागेन् । त्यस्तै खासी बजार अवस्थित भिं पुखू पिउने पानी संकलन गर्ने हो भनें वास्ता गरेन् । राजनीति गरे पैसा सोहरे घ्युतेलको लागि जम्मा गरे । खासीबजारकै मभिं पुखू चोख्याउने पुखू अंशबण्डाको पुखू बेवारिसे घर घरमा चोख्याउन नहुँदा नि जनजाती धर्म त्यागेर सहजता अपनाएर संस्कार मास्दै रम्नुहुन्न भन्दा चिन्ता विषय कोहि आदिवासी जनजाती शब्दको बिल्ला भिरेका जातीय जमात मौन रहे । कीर्तिपुरमा पानीको समस्या नै नरहेको सुचाङ्क बनाई उपत्यका खानेपानी संस्थाले आफुखुशी त्यही पुखू बनाउन टेण्डर प्रक्रिया अनुरुप काम थालनी गरे । आफुखुशी । यहाँ  मैले आफुखुशी किन भनेको भन्दाखेरी यहि पुखू सम्बन्धमा एकताका चिया गफ वाफिएको थियो कि पुरेर बसपार्क बनाउँदा स्थानीयको विकास हुनेछ अलिक चर्केको थियो भने भूकम्पपछी धेरैले माटो फाल्ने काम भएको थियो । पछि संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलको परिकल्पना पश्चात् पहिलो निर्वाचित स्थानीय सरकारले स्वरुप दिन ४० लाखको माटो फाल्यो भन्ने चर्चा छ । बजेट त्यति हो होईन् भन्दा नि आकार स्वरुप कोरिएको थियो । तर नगरपालिकाको जन्ममिती नै फेरिईयो भने वडा वडाको बोर्डमा जन्म साल नै २०७३ राखे सबै मौन नै बसे । तर मभिं पुखूको सवालमा अझै पनि कति कुरा नमिलेकै मिलाउन बाँकी छन् । जस्तै २०३० सालमा गठित पासापुच: युवा क्लब २०७६ मा पासापुच: कीर्ति क्लब बने । त्यसपछिको कार्यकाल अलिक सशक्त बने । कीर्तिपुर नगरपालिकाका भुपु मेयर श्री रमेश महर्जन ज्युलाई पुखू सम्बन्धमा छलफल गर्न बोलाउने आँट गरे । सबैले कुरा पनि राखे । पुखू पुन: निर्माण भनेपछी स्वरुप खुम्च्याउन पाईदैन् पासापुच: कीर्ति क्लबकै रोहवरमा बनाएको भए राम्रो हुनेथियो प्रस्ताव सहित डिजाइनको माग गरिएको थियो भने फ्लेक्स डिजाइन हो भन्दा झण्डै हानाहान परेको थियो भने उपभोक्ता समितिको विवरण सहित लगानीको सुचक पासापुच: क्लबले च्यातेर फालेको थियो भने भुपु मेयर ज्युले अहिलेलाई पुन: पुरिएको हिलो माटो फालौं भन्दा अहिले त्यति पनि नगरौं किन गर्नुपर्यो डिजाइन सार्वजनिक भएपछी गरौं लगायत उपभोक्ता समितिका अध्यक्ष ज्युलाई समितिबाट हट्न दबाब दिन पासा पुच: कीर्ति क्लब सक्रिय सशक्त थिए । स्मरण रहोस् नगरप्रमुख, वडाध्यक्ष, नसस तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपस्थित गराई आफ्नो राय र सुझाब दिने हैसियत राख्ने पासा पुच: कीर्ति क्लब अहिले शिथिल भएछ । उपत्यका खानेपानी संस्थानसँग बजेट माग्न सक्ने नगरपालिकामा हाल यश क्लबकै सल्लाहकार मध्ये एक नगरप्रमुख हुनुहुन्छ भने क्लबका पदाधिकारी कोहि परिवर्तन भएको छैन् भने खानेपानी संस्थानका इन्जिनियर लगायत प्रबन्धकलाई किन बस्तुस्थितको जानकारी दिन सकेनन् भने नक्सा लेखन पुन: निर्माणको आधार लेखिनुपर्छ भन्न सकिएनन् ? किन खानेपानी मनपरी नक्सा सार्वजनिक गरे किन पासापुच: कीर्ति क्लब लगायत नगरपालिका मौन रहे जबकी मभिं पुखू एक संस्कार संगत इतिहास र पुरातात्त्विक महत्त्वसँग आवद्ध पुखू हो । मनपरी मनलागी बनाउँदा पुरातत्व विभाग एवम् स्थानीय मौन किन ?
अन्तमा, एउटा कथा धेरैले धेरै सुने होला कि कलियुग र द्वापर युग देख्ने विद्वान, महात्मा, ज्ञानी, तपश्वी राजा परिक्षित थिएँ । ऊ राजा बन्नु अघि उसँग ३२ युक्त लक्षण छन् बयान त्यस्तै थिएँ । राजा बनेर सत्ता हासिल गरेसँगै श्रीपेज अर्थात मुकुट धारण पश्चात् एउटा ऋषि ध्यानमग्न यज्ञमा छँदा मरेको सर्प घाटिमा बेरेर बाधाअड्चन सृजना गरे । मानौं सत्ता प्राप्तिपछि सर्वोसरा बने झै मानवीय आचरण किन हुन्छ ? आफ्नै राज्यमा आफ्नै प्रजाका बारेमा किन सोच्न सक्दैनन् ? हिजो हामीले राजा, राणा र पञ्चायत लगायत बहुदलिय प्रजातन्त्र त्यस्तै भयो भनी गणतन्त्रमा पुग्दा पनि हिजोका गरेका गल्तीलाई सुधारमा परिणत गर्ने बेला किन चुक्छौं ? हिजो नगरप्रमुखलाई जनताको अदालतमा उभ्याउन सक्ने क्लब लगायत क्लबकै सल्लाहकार नगरप्रमुख हुँदा नि खानेपानीका इन्जिनियर एवम् प्रबन्धकसँग पुरातत्व अनुकूल नक्सा डिजाइन कोर्न लगाउनु नसक्नु सत्तामा पुगेपछी हामी पनि राजा परिक्षित जस्तै बन्ने हो र ? शासनको सामान्य अर्थ सुशासन हो भने राजनीति विश्वास हो जस्को रंग इच्छाशक्तिमा हुन्छ बोली व्यवहार प्रियपनको लागि हो । अत: राजा परिक्षितबाट सिक्ने हो आफ्नो धरोहर पहिचान एवम् संस्कारको संरक्षण गर्नु नै मानवीय धर्म हो । आदिवासी जनजाती हुँ भनी चिच्याउनु व्यवहार सिक्नु हो ।
मनुष्यलाई व्यवहार प्रतिष्ठित बनाउँछ । शासन राजा परिक्षित बन्न होईन् । नगरप्रमुखलाई जनताको अदालतमा उभ्याउन सक्ने क्लब पासापुच: कीर्तिले आज खानेपानीसँग आफ्नो वजुद पहिचान संस्कार माग्न किन सकिएन् ? हुन त यो समग्रमा कीर्तिपुरमा बसोबासित आदिवासी जनजातीकै मुद्दा  हो जस्मा कीर्तिपुर हार्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here