टोखामा नेपालभाषाकाे अब स्थानीय पाठ्यक्रम

9

काठमाडाैं । यस बर्षदेखि टोखा नगरपालिकामा कक्षा १ देखि ३ सम्म नेपालभाषा मातृभाषामा अब स्थानीय पाठ्यक्रम लागू हुने भएकाे छ ।

टाेखा नगरपालिकाले एक कार्यक्रमबीच कक्षा १ देखि ३ सम्मको पाठ्यमक्रम सार्वजनिक गरेको छ। कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकपनि चाँडै सार्वजनिक गरिने भएकाे छ ।

नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, टोखा–२ र ३ का वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम, मातृभाषा संरक्षण अभियान आदिवासी नेवा: राजनीति अभियानका अध्यक्ष श्रीकृष्ण मानान्धर र ‘नेवाःबस्ती, नेवाः स्कुल’का अभियान्ता दिपक तुलाधारले संयुक्त रुपमा टोखा नपा वडा नं. को सभाहलमा पाठ्यपुस्तक विमोचन गरेका थिए।

नेपालभाषा मातृभाषा विषयमा टोखा नगरको प्रत्येक विद्यालयमा अध्यापन गराउन पूर्व वडाध्यक्ष द्वय दिपकराज जोशी, सिंहराज श्रेष्ठ लगायत वडा २ र ३ का पूर्व जनप्रतिनिधिहरुको गहकिलो भुमिका रहेको छ।
टोखा नगर क्षेत्रभित्रका विद्यालयमा मातृभाषामा कक्षा १ देखि ३ सम्म ५० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन गर्ने उद्देश्यसहित ‘झीगु तोखा देय्’ पाठ्यक्रम विमोचन गरिएको हो। पाठ्यपुस्तक विमोचनपछि नगर प्रमुख प्रकाश अधिकारीले धेरै वर्षको प्रयत्न पश्चात पाठ्यक्रम कार्यान्वयन गर्न पाउनु टोखाको गौरव, प्रतिस्था र सम्मानको विषय भएको जनाए ।
टाेखा नगरले स्थानीय मातृभाषाको सम्मान र संरक्षण गर्नु पर्ने बताउँदै अधिकारीले भने-‘पाठ्यपुस्तक अनुसार यहाँको भाषा, संस्कृति, सम्पदा कलालाई नेपालभाषाबाट लिपिबद्ध गरी पाठ्यक्रम निर्माण गर्न तपाईहरु अगाडि बढ्नुस । त्यसका लागि आवश्यक बजेट तथा सहायता नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमा उपप्रमुख मुरारी तामाङले टोखा नगरपालिकाको ऐतिहासिक नगरी टोखाको मौलिक, कला, सांस्कृतिक र भाषाको उत्थान तथा संरक्षणका लागि टोखा नगरपालिकाले हरबखत सहयोग गर्न तयार रहेको बताए । ‘विद्यालयमा मातृभाषा पठनपाठन गराउन पाउदा हामी गौरवान्वित भएका छौँ, टोखा–२ का वडाध्यक्ष श्रेष्ठले भने- ‘हामी आफ्नो मातृभाषा सिकाउँदै छौँ, भाषा सँगसँगै यहाँका परम्परा, संस्कार लगायतका विषय पनि पाठ्यक्रममा समावेश गरी भाषासँगै हाम्रो परम्परा तथा संस्कार पनि नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको बताए । यसका लागि आवश्यक सहयोग २ र ३ वडाले गर्ने प्रतिबद्वता जनाए ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाको आफ्नो पाठ्यक्रम नहुँदा विद्यालयमा महानगरको पाठ्यपुस्त पठनपाठन गराईरहेको जानकारीदिदै आजदेखि आफ्नै स्थानीय पाठ्यक्रमको पठनपाठन हुने जनाए । ‘यहाँकै सेरोफेरोमा रहेर यहाँकै विषयवस्तुहरु समावेश गरेर हामीले पाठ्यपुस्तक तयार गर्छौं । पहिलो चरणको प्रयास भएकोले कमिकमजोरी हुन सक्छ, त्यसलाई परिमार्जित गर्दै स्तरीय पाठ्यपुस्तक तयारी गर्दै अगाडि बढ्ने छौँ ।’, उहाँले जनाए  ।

टोखा नगरपालिकामा मातृभाषालाई कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा वृहतरुपमा छलफल भए अनुरुप नगरपालिका र राजनीतिक दलहरु सँगको छलफल पश्चात मातृभाषा संरक्षण अभियान नाम संस्थाको स्थापना गरी दुई वर्ष अगाडि हालका लागि टोखा–२ र ३ वडाका विद्यालयहरुमा काठमाडौं महानरपालिकाले तयार गरेको पाठ्यक्रम/पाठ्यपुस्तलाई आधार बनाएर पठनपाठन शुरु गरिएको मातृभाषा संरक्षण अभियान आदिवासी नेवा राजनीति अभियानका अध्यक्ष श्रीकृष्ण मानान्धरले जानकारी गराए ।

नगरपालिका, राजनीतिक दल तथा शिक्षा शाखाको सहयोगमा आफ्नै स्थानीय मातृभाषाको पाठ्यक्रम तयार भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको कसरी प्रयोग गर्ने भन्ने मूल समस्या रहेको उनले जनाए । यसकालागि नगरपालिका, स्थानीय सरकार, रानीतिक दल, संघसंस्था तथा विज्ञहरु एक ठाउँमा बसि वृहत छलफल गरी अगाडि बढ्नु पर्ने उहाँले जोड दिए । पाठ्यपुस्तकमा टोखाभित्र रहेका र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राग स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिने छन् । यस साथै, पाठ्यपुस्तकमा नेवार समुदायको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिने छन्।

कार्यक्रममा विद्यालयलाई पाठ्यक्रम वितरण समेत गरिएको थियो । टोखा नगर भित्रका विद्यालयहरू चण्डेश्वरी माध्यमिक विद्यालय, बिन्दबासिनी, सरस्वती माध्यमिक विद्यालय, गणेश बोर्डिङ स्कुल ,डिभाइन स्कुल, अमर माध्यमिक विद्यालय, नितेन निमावि, सत्य साई बाबा एन्जल प्यारोगाइ, लगायत विभिन्न विद्यालयहरूका शिक्षक शिक्षिकाहरूलाई पाठ्यपुस्तक हस्तान्तरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here