खाना पकाउने ग्याँसकाे बढी मूल्यमा विक्री गरेको पाएमा कारबाही गरिने

21

काठमाडौं । नेपाल आयल निगमले तोकेको खुद्रा मूल्यभन्दा बढी मूल्यमा एलपी ग्याँस विक्री वितरण गरेको विषय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित भएको समाचारप्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमका सह–प्रवक्ताद्वारा आइतवार साँझ जारी विज्ञप्तीमा भनिएको छ– ‘पछिल्लो पटक गत असोज १४ गतेको निगमको निर्णयानुसार सम्बन्धित ग्याँस उद्योगदेखि ५० किमिको परिधिभित्र एलपी ग्याँसको हालको खुद्रा मूल्य १८ सय ९५ रुपैयाँ प्रति सिलिण्डर कायम रहेको छ । ग्याँस उद्योगबाट ५० किमि भन्दा बढी दुरी भएका स्थानहरूका हकमा स्थानीय ढुवानी भाडा समायोजन गरी विक्रेताले प्रतिसिलिण्डर खुद्रा मूल्य तय गर्न सक्दछन् ।’

निगमले ग्याँस उद्योगदेखि ५० किमिको परिधिभित्र प्रतिसिलिण्डर १,८९५ रुपैयाँभन्दा बढी मूल्यमा विक्री वितरण गरेको पाइएमा निगमको एलपी ग्याँस विनियमावली, २०६५ (संशोधनसहित) तथा अन्य प्रचलित ऐन/कानून बमोजिम कारबाही हुने जनाएको छ ।

निगमले विज्ञप्तीमार्फत सम्बन्धित ग्याँस उद्योगदेखि ५० किमि को परिधिभित्र प्रतिसिलिण्डर खुद्रा बिक्री मूल्य १८ सय ९५ रुपैयाँ रहेकोले योभन्दा बढी मूल्य नर्दिन तथा योभन्दा बढी मूल्यमा बिक्री/वितरण भैरहेको जानकारी भएमा निगमका तपसिल वमोजिमका कार्यालयहरूमा जानकारी गराई सहयोग पुर्याइदिनु हुन आम उपभोक्ताहरुमा सादर अनुरोध गरेको छ ।

१.कोशी प्रादेशिक कार्यालयः ९८४३११५७७७
२.मधेश प्रादेशिक कार्यालयः ९८४६९९८४४७
३. केन्द्रिय कार्यालयः ९८४१३१२५२७
४. गण्डकी प्रादेशिक कार्यालयः ९ ९८४५०२५१८१
५. लुम्बीनी प्रादेशिक कार्यालय: ९८६०००८३००
६. कर्णाली प्रादेशिक कार्यालयः ९८४३०६११३६
७. सुदुरपश्चिम प्रादेशिक कार्यालय: ९८६८९०४५२७

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here