काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया हानेका सन्तोष रानाभाटलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।
लामिछानेलाई शनिबार पोखरामा आयोजित सभामा मकैको खोया प्रहार गरेका लमजुङका रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

















