नेपालकाे अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

57

भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको जनाएका छन्। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएकाे बताएका हुन्।

अर्थमन्त्रीले महतले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ।’उनले देशमा क‍ेही गर्न हुँदैन भन्ने प्रचार भएकाे बताए। ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ’, उनले भने।

लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए।

अर्थमन्त्री महतले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौं भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ।’ उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे।

सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्री महतले भने, ‘घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्। पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ।’  अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे। विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्‍याए।

राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले जनाए । उनले भने, ‘नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरूमा देखिन थालेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here