रक्तदान गर्नु भन्दा पहिला यी कुराहरूमा ध्यान दिनु जरूरी !

21

एजेन्सी । भनिन्छ रक्तदान जीवनदान हो । त्यसैले पनि रक्तदान गर्नुपर्दछ । यसो गर्नाले कोही पनि व्यक्तिको ज्यान बच्न सक्छ । तर, रक्तदान गर्नुअघि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

आउनुहोस त्यसबारे जानौं ।

  • रक्सीको सेवन स्वास्थ्यका लागि एकदमै हानिकारक हो । रक्तदान अघि रक्सीको सेवन गर्नु हुँदैन । यसले शरीरमा डिहाइड्रेशनको समस्या पनि हुन सक्छ ।
  • शरीरमा हेमोग्लोबिनको कमी भएका व्यक्तिले पनि रक्तदान गर्नु हुँदैन । यसका लागि तपाईंले भरपूर मात्रामा आइरन भएको खाना खानुहोस् ।
  • यदि तपाईं कुनै रोगबाट ग्रस्त हुनुहुन्छ भने पनि पहिला नै जानकारी गराउनुहोस् । डाक्टरको सल्लाहअनुसार मात्रै रक्तदान गर्नुहोस् ।
  • रक्तदान गरेपछि चक्कर आउनु तथा शरीर अस्वभाविक महसुस हुनु सामान्य हो । त्यसैले प्रयाप्त निद्रा लिनु पनि आवश्यक हुन्छ । रक्तदान अघि राम्रोसँग निद्रा पूरा गर्नु आवस्यक छ ।
  • डिहाइड्रेशनको कारण शरीरमा धेरै समस्या देखिन थाल्छन् । यसका लागि झोलिलो पदार्थ तथा पानी प्रसस्त मात्रामा पिउनुहोस् । जसले गर्दा तपाईंको शरीर हाइड्रेट भइरहन्छ र रक्तदान गरेपछि चक्कर आउँदैन ।
  • यदि तपाईंलाई रुघाखोकी वा कुनै फ्लु लागिरहेको छ भने रक्तदान गर्नु हुँदैन । यसबाहेक पेटमा कुनै समस्या भएको बेला पनि रक्तदान गर्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here