एजेन्सी । केही वर्षअघि मात्रै ग्रिसमा पानीमुनि रहेको एक सहर पत्ता लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार पानीमुनि भेटिएको त्यो सहर ३७५ वर्ष पुरानो हो ।
ग्रिसको जकिन्थोसस्थित समुद्रमा उक्त सहर फेला परेको थियो । अन्ततः ‘प्राचीन सहर’ भनिएको त्यो चिज वास्तवमा के हो र त्यो आखिर किन त्यहाँ छ ? भन्ने रहस्यको खुलासा भएको छ ।
यो आयोनिक टापु समूहको तेस्रो ठूलो तट हो । यसको नाम ग्रिक पौराणिक कथाहरुबाट लिइएको छ ।
चट्टानको उक्त विशाल स्ल्याब प्राचीन सार्वजनिक भवनको भुईंसँग मिल्दोजुल्दो थियो । त्यसैको आधारमा पुरातत्वविद्हरुले त्यो कुनै बन्दरगाह वा प्राचीन भवनको हिस्सा हुनसक्ने आँकलन गरे ।
पुरातत्वविद्हरुले उक्त क्षेत्रको भ्रमण गरी नमूनाहरु संकलन गरे । त्यसको विश्लेषण र अध्ययनबाट प्राप्त नजिता सुखद् पाइयो । यसबाट के पत्ता लाग्यो भने उनीहरुले पानीमुनि रहेको कुनै रहस्यमय सहरको खोज गरेको नभई त्यो प्राकृतिक रुपबाटै पाँच हजार वर्षअघि निर्मित खण्डहर रहेको पत्ता लागेको छ ।
त्यहाँ रहेका खनिज तथा अन्य चिजहरु दुर्लभ भूवैज्ञानिक घटनाहरुका कारण निर्माण भएका थिए । यद्यपि खोज अनुसन्धानको नतिजा सार्वजनिक भैसक्दा पनि टापुमा बस्ने स्थानीय मानिसहरुले त्यो खण्डहर प्राकृतिक रुपमा बनेको कुरा मान्न तयार छैनन् ।