रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको जनाएका छन् ।
रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको जनाएका हुन् ।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर प्रधानमन्त्री रामेछाप पुगेका हुन् ।


















