टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो ।
दुवै विमान क्यानडाको सैन्य बलले भर्खरै खरिद गरेका सीसी–१४४ च्यालेन्जर विमान थिए । हालैका वर्षहरूमा भइरहेका भ्रमणका बेलामा ट्रुडोले यस्ता अनेकौँ समस्या भोगिरहेका छन् ।
सेप्टेम्बरमा दिल्लीमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनमा सहभागी हुने क्रममा पनि विमानमा समस्या आएपछि ट्रुडोको भ्रमण ढिलो भएको थियो । सन् २०१९ मा पुनः निर्वाचनको अभियानका क्रममा ट्रुडोको लागि चार्टर गरिएको विमानको पंखामा पत्रकारहरू चढेको बसमा ठोक्किएको थियो ।
त्यस्तै गतवर्ष पनि उनको जहाज ह्याङ्गरमा दुर्घटना भएको थियो । त्यसबेला लन्डनमा नेटो सम्मेलनमा सहभागी हुन ट्रुडोका लागि ब्याकअप विमान प्रयोग गर्नुपरेको थियो । तर त्यो विमानमा समेत समस्या देखिएपछि घर फर्किदा उनले अर्को विमान चढ्नुपरेको थियो । बीबीसीबाट


















