इजरायलको मन्त्रिपरिषद्ले संशोधित बजेट पारित

5

काठमाडौं । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रिपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो ।

जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिपूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ । उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौती गरिएको छ ।

१५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षालगायतमा बढी जोड दिइएको छ । यसैबीच युद्ध सुरु भएपछि गाजामा प्यालेस्टानीको मृत्यु हुनेको सङ्ख्या २४ हजार एक सय नाघेको छ । इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशतभन्दा बढी भाग बस्न अयोग्य छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here