जनकपुरधाम / जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। सोमबार सप्तरीमा भएको घटनापछि आज जनमत पार्टी सरकारबाट बाहिएको हो।
जनमतबाट सरकारमा रहेका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन्। राजीनामासँगै जनमतले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।
सोमबार सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यासको कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा मन्त्री यादवको टाउको फुटेको थियो भने केही सांसद घाइते भएका थिए।


















