कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्छ

34

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने? भन्ने कुरामा धेरै सजग हुन जरुरी रहेको बताए। उनले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने धारणा राखे।

उनले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताए। कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने उनको भनाइ छ।

विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै शतर्क हुन जरुरी रहेको बताए। अध्यक्ष केसीले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here