काठमाडाैं । नेवाः देय् दबू कीर्तिपुर नगर कमिटीकाे अग्रसरतामा कीर्तिपुर नगरपालिकाकालाई चार बुँदे माग कार्यान्वयन गराउन ज्ञापन पत्र बुझाएकाे छ ।
साे ज्ञापन पत्रमा कीर्तिपुर नगरपालिका स्थानीय व्यक्तिहरूकाे हस्ताक्षर संकलन गरी ज्ञापन पत्र मेयर राजकुमार नकर्मीलाई हस्तातरण गरिएकाे थियाे ।
वि.सं. २०८० माघ १५ गते हामी ज्ञापन पत्र दिन उपस्थित व्यक्तिहरु यस नगरपालिकाका नगरवासी हो । तपाई नगर प्रमुख ज्यू हाम्रो समेत प्रतिनिधि भएकोमा विवाद छैन । साथै आदिवासी नेवाः समुदायको हक अधिकार संरक्षण सम्वर्धन गर्नुपर्ने तपाई नगर प्रमुखको कर्तव्य भएकोमा समेत विवाद छैन । यसर्थ, हाम्रो निम्न विषयमा चासो, सरोकार र सम्बन्ध रहेकोले तत विषयमा उठाएको मागको सम्बन्धमा प्रस्तुत ज्ञापन पत्र मार्फत पेश गरेका छौ ।
१. कीर्तिपुर नगर साँस्कृतिक संरक्षित क्षेत्र बनाउने सम्वन्धि ऐन, २०७८ को कार्यान्वयन सम्वन्धमाः कीर्तिपुर नगर साँस्कृतिक सुरक्षित क्षेत्र बनाउने सम्बन्धि ऐन, २०७८ कीर्तिपुर नगर समुदायको साँस्कृतिक जीवन संरक्षण सम्बन्धन गर्न पुर्व मेयर रमेश महर्जनको पालामा नेपालको संविधान, अन्र्तराष्ट्रिय आदिवासी सम्वन्धि कानूनको आधारमा कीर्तिपुर नगरका समुदायसँग पटक पटक छलफल सहमतिमा निमार्ण भएको हो । यस ऐनमा प्रत्यक्ष रुपमा समुदाय र प्रथाजन्य संघ संस्थाहरु जोडिएको छ । यसर्थ, प्रस्तुत ऐन, जस्ताको तस्तै लागू तथा कार्यान्वयन गर्ने काम कर्तव्य वर्तमान नगर प्रमुख तथा नगरपालिकाको हो । यसलाई लागू गर्नुको सट्टा लागू गर्नु अघि यसको मर्म भावना समाप्त हुने गरी हालै नगर सभावाट संशोधन गरेको कार्य प्रति घोर विरोध तथा आपत्ति जनाउँछौ । सरोकारवाला पक्षसँग कुनै छलफल नै नगरी लागू अघि नै यसको संशोधन गैर कानूनी, अलोकतान्त्रिक एवं आदिवासी कीर्तिपुर नगर समुदायको चाहना र भावना विपरित रहेकोले उक्त ऐन राजपत्रमा प्रकाशित गर्नु अघि सरोकारवाला पक्षसँग छलफल सहमतिको आधार निर्णय लिन माग गर्दछौ । ‘संशोधन गरी संशोधित ऐन लागू गरी समस्या आए पुन संशोधन गर्नेू भन्ने अभिव्यक्ति हामीलाई स्वीकार्य छैन । अतः सम्बन्धित सरोकारवाला पक्षसँग छलफल सहमतिका लागि तत्काल वा ढिलोमा ७ दिन भित्र छलफल आयोजना गर्न र छलफल नगरी संशोधित ऐन राजपत्रमा प्रकाशित नगर्न माग गर्दछौ ।
२. त्रि.वि. र कीर्तिपुर समुदाय वीचको २०७२ सालको सम्झौता कार्यान्वय गर्ने सम्वन्धमाः त्रि.वि. र कीर्तिपुर समुदाय वीचको २०७२ सालको सम्झौता गर्ने सम्बन्धमा मिति २०८०।५।११ गते ११ वुद्धे निर्णय भएको सो निर्णय अनुसार यसको कार्यान्वयन गर्न त्रि.विबाट ६ जना र कीर्तिपुर नगरपालिकावाट ६ जना नियुक्त गर्ने गरी समिति बनेकोमा सो समितिमा त्रि।वि।को तर्फवाट ६ जना नियुक्त भै आएको ५ महिना वितिसक्दा समेत हालसम्म नगरपालिकाको तर्फ ६ जना नियुक्ति नगरेको विषयमा हाम्रो आपत्ति छ । यसर्थ, आजको मितिले १५ दिन भित्र नगरपालिकाका उपरोक्त सम्झौता विषयमा जानकार व्यक्तिहरुवाट ६ जना नियुक्त गरी पठाउन माग गर्दछौ ।
३. स्ववासी तथा वेनिस्सा घर जग्गा दर्ता सम्वन्धमाः कीर्तिपुर नगरपालिका भित्र स्ववासी तथा वेनिस्मा घर जग्गा दर्ताको समस्या रहेको हामी सवैलाई थाहा नै छ ।
यसको समाधान गर्न नगरपालिकाको नीति नियमको सम्बन्धमा कुनै कार्य योजना बनाइ कार्य गरेको नपाएकोले आजको मितिले १५ दिन भित्र यस सम्बन्धमा ठोस नीति नियम वनाउन कार्यदल वनाउन माग गर्दछौ ।
४. दिखू क्षेत्र एकिकृत विकासको सवालमाः कीर्तिपुर नगरपालिका वडा नं। ३ स्थित दिखू क्षेत्रको विकास, सरक्षण सम्बर्धन गर्न किपू दिखू गुठी प्रथाजन्य संस्था स्थापना भै कार्यरत रहेको व्यहोरा निवेदन गर्दै सो क्षेत्रको एकिकृत विकासको लागि किपू दिखू गुठी प्रथाजन्य संस्थासँग समन्वय गरी गुरुयोजना बनाउन र नगरपालिका तथा बुशार सम्बन्धित बडाले निमार्ण कार्य गर्दा साथै मूल खुशी कोरिडोर लगायत कुनै परियोजना लागू गर्न ँएक्ष्ऋ गरी मात्र कार्य गर्ने सम्बन्धमा नगरपालिकाको एकिकृत नीति एवं कार्य योजना बनाउन आजको मितिले १ महिना भित्र सम्बन्धित क्षेत्रका व्यक्तिहरु सहभागी हुने गरी एक कार्यदल गठन गर्न माग गर्दछौ । अतः उपरोक्त माग, समय सीमा भित्र पूरा गर्न हामीहरु जोडदार माग गर्दछौं ।
अन्यथा नभए सशक्त सर्घष गर्ने यसवाट उत्पन्न परिणाम नगर प्रमुख तथा कीर्तिपुर नगरपालिका नै जिम्मेवार हुने समेत जानकारी गराईन्छ । प्रस्तुत ज्ञापन पत्र हामी सबैको तर्फवाट नेवाः देय् दबू कीर्तिपुर नगर समितिको अध्यक्ष बुद्धी लाल महर्जन मार्फत तपाई नगर प्रमुख राजकुमार नकर्मीलाई हस्तान्तरण गर्दछौ ।
ज्ञापन पत्रकाे थप विवरण तल प्रस्तुत गरिएकाे छ :





















