संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको जिकिर

58

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको जनाएका छन्। देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो।

काठमाडौंमा आइतबार पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको उल्लेख गरे।

उनले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुने गरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए। त्यसका लागि एक वर्ष भित्र कम्तीमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाइ थियो।

अध्यक्ष थापाले भने, ‘हाम्रो तात्कालीन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने हो। यो उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here