इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

32

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने तयारीमा रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’निष्काशन गर्न लागेको हो ।

बैंकले ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गर्ने भएको छ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरिने  जानकारी दिएको छ।

त्यसैगरी सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन १५ गतेसम्म लम्बिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here