सरकारले बजेट विनियोजन गर्दा तीन जिल्लालाई मात्र हेरेको भन्दै आक्रोश व्यक्त

11

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले बजेट विनियोजन गर्दा तीन जिल्लालाई मात्र हेरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सरकारमा रहेका तीन नेताको गृहजिल्लामा मात्र बजेट गएको भन्दै तीन जिल्लामात्र नेपाल हो भन्दै प्रश्न गरेका छन् ।

उनले भने, सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी अहिलेसम्म गरेको छैन। काम सुरु भएको छैन। काम तीन जिल्लामा मात्रै सुरु भएको छ। अर्थमन्त्रीको जिल्ला नुवाकोट,डडेल्धुरा र चितवन।’

उनले तीन जिल्लामा अहिले अर्बौँको योजना स्वीकृत भएकोप्रति असन्तुष्टि जनाए।

उनल थपे, ‘बाँकी जिल्लामा विकास निर्माण हुनु हुँदैन ? ठेक्का लागिसकेको छ ? काम किन नहुने ? तीन जिल्लाको मात्रै देश हो ? अहिले नुवाकोटमा दुई खर्बभन्दा बढीको आयोजना स्वीकृत भएको छ। अर्बौँको आयोजना गोरखामा स्वीकृत भएको छ। दुई खर्बबढी चितवन र डडेल्धुरामा स्वीकृत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here