सहकारी आन्दोलन उत्पादनसँग दाँजिएर उभिन जरुरी छ : पोखरेल

62

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी क्षेत्रले उत्पादनसँग दाँजिएर उभिन जरुरी रहेको बताउनुभएको छ।

नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आज आयोजित बागमती प्रदेशस्तरीय बृहत् सहकारीकर्मी भेलामा उहाँले सहकारी क्षेत्रमा सकारात्मक ढङ्गले नियमनको आवश्यकता, सहकारीमार्फत कृषि क्षेत्रको उत्पादनमा वृद्धि तथा सहकारीमा बीमा व्यवस्था सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले आसन्न निवार्चनपश्चात् सहकारी क्षेत्रमा विस्तृत छलफल आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहकारी तथा गरिबी निवारण विभागका प्रमुख कोमल चौलागाईंले भन्नुभयो निजी क्षेत्र र सरकारीबीच साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here