चाैतारामा श्वेत भैरबको ६ फिट अग्लो मूर्ति स्थापना

22

चौतारा । सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएको चाैतारास्थित पु्रानो बजारको मूल चोकैमा एक अर्को महत्वपूर्ण सम्पदा थपिएको छ। जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै चोक परिसरमा एक अर्को श्वेत भैरबको ६ फिट अग्लो मूर्ति प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो।

स्थानीय सम्पदा संरक्षण गुथिका अध्यक्ष समेत रहेका रबिन्द्र श्रेष्ठले आफ्नै घरको बाहिरी भित्तामा कलाकार मन लामाद्वारा निर्माण गराएर प्रतिस्थापन गरिएको मूर्तिको बिहीबार नगरपालिकाका उपप्रमुख सीता थापाले अनावरण गर्नुभएको हो। उक्त आकर्षक मूर्तिको अनावरणपछि जिल्लाको प्राचीन बजार साथै सांस्कृतिक गतिविधिमा केन्द्रीत हुने गरेको चोकको स्वरुपमै नयाँपन आएको छ। जसले गर्दा स्थानीयमा नयाँ उत्साहको थपिएको छ।
अनावरण समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरुका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि साथै काठमाडौँ, भक्तपुर, काभ्रे, टोखा, नुवाकोट लगायतका साहित्यिक व्यक्तित्व तथा संस्कृतिकर्मीहरुको उपस्थिति रहेको थियो। जिल्लाका अन्य स्थानमा रहेका अन्य थुप्रै मूर्तिहरु निर्माण गरेर चर्चा कमाइसकेका लामालाई अनावरण समारोहमा दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो।


कार्यक्रममा नाला, काभ्रेका लेखक तथा साहित्यकार रत्न प्रसाद अनामणि श्रेष्ठले श्वेत भैरबको स्थापनाको सांस्कृतिक महत्वबारे चर्चा गर्दै नेवाः समुदायले आफू जहाँ गएपनि देवीदेवताका मूर्तिहरु स्थापना गरेर जात्राहरु सञ्चालन गर्दै आएको विचार व्यक्त गर्नुभयो।
त्यसैगरी पत्रकार कुमार रञ्जितले हाथुद्यः समेत भनिने हनुमानढोकास्थित विशाल मूर्तिको नमूना स्वरुपको मूर्ति राजधानीबाहिर यो नै सबैभन्दा ठूलो मूर्ति भएको भन्दै यसले चौताराको पर्यटन उद्योगको विकासमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here