बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई पुरस्कार

38

पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरले एउटा विश्व प्रतिष्ठित पुरस्कार जितेको छ । ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड’ पाएको हो ।

सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन् । ‘सारिखानीले खिचेको यो आश्चर्यजनक र हृदयस्पर्शी तस्बिरले हामीलाई पृथ्वी कति सुन्दर र संवेदनशील छ भन्ने देखाउँछ,’ न्याचरल हिस्ट्री म्यूजीअमका निर्देशक डा डग्लस गरले भने, ‘उनको यो विचारोत्तेजक तस्बिरले हामीलाई कुनै जीव र त्यसको वासस्थानबिचको अभिन्न सम्बन्ध बुझाउँछ । जलवायुमा भएको तापमान वृद्धि र जनावरको वासस्थानमा पुगेको क्षतिका हानिकारक प्रभावको यो देखिने उदाहरण हो ।’

नर्वेको स्पार्भार द्वीप समूहनजिकै बाक्लो कुहिरो लागेको बेला ध्रुवीय भालु खोज्न तीन दिन बिताएपछि सारिखानी यो तस्बिर खिच्न सफल भएका थिए । ‘पीपल्स चोइस अवार्ड’को विजेता छान्न विश्वभरिका वन्यजन्तु फोटोग्राफी तथा प्रकृतिमा रुचि राख्ने मानिसहरूलाई मतदान गर्न आग्रह गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here