यस्ताे छ लुम्बिनी प्रदेशकाे ‘प्रदेश निजामती सेवा नियमावली-२०८०’

85

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली-२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली-२०८० स्वीकृत गरेको हो ।

प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरेको हो । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरु बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियममावली-२०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जनाए।

केही समयअघि प्रदेश निजामती सेवा ऐन जारी भएको थियो । सोही आधारमा सरकारले नियमावली ल्याएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरुको व्यवस्थापन र बृद्धि विकासका लागि ऐन र नियमावली ल्याएको बताए। देशका निजामती कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको जनाए ।

त्यस्तै, मन्त्रिपरिषद्ले ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड(२०८०’ समेत स्वीकृत गर्ने निणर्य गरेको छ ।सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारिता ल्याउन बहुवर्षीय आयोजनाहरुको समुचित व्यवस्थापन गर्नुपर्ने भएकोले मापदण्ड स्वीकृत गरिएको प्रवक्ता पाण्डेयले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here