नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना र सुरक्षा युनिटको निरीक्षण

15

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुले सुस्ता स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना र सुरक्षा युनिटको निरीक्षण गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी सहितको सुरक्षा अधिकारीहरुले सुस्तादेखी दक्षिण र पुर्व तर्फको भुभाग निरीक्षण गर्नुभएको थियो।
सुरक्षा अधिकारी सहित सुस्ता पुग्नुभएका प्र.जि.अ. पन्थीले नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा भारतिय पक्षले अनाधिकृत रुपमा सिमा जोतेको घट्नाको निरीक्षण गर्नुभएको हो।
प्र.जि.अ. पन्थीले सशस्त्र प्रहरी बल नेपाल सुस्ता बि.ओ.पी. को निरीक्षण गर्दै त्यहा भएको विकास निर्माण कार्यबारे जानकारी लिदै सुस्तामा सञ्चालन भइरहेको सप्त दिवसिय चण्डी महायज्ञको धार्मिक कार्यक्रममा सहभागी हुनुका साथै सुस्ताका नेपालीहरु संग शान्ती सुरक्षाको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो।
सुस्तामा विद्यमान गरिबी,अशिक्षाको अवस्थाबारे जानकारी लिदै विकास निर्माण कार्यमा भइरहेको प्रगतिबारे पनि प्र.जि.अ. पन्थीले जिज्ञासा राख्नुभएको जानकारी प्राप्त भएको छ।
सुस्तामा पछिल्लो समय यता भएको अतिक्रमण र सिमा मिचिएको घट्नाबारे काउन्टर पार्टको बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने र निकासको लागि जिल्ला तहबाट समाधानको लागि प्रयास गरिने जानकारी दिनुभयो।
सुस्तामा हालसम्म भइरहेको विकास निर्माण कार्य समयमै पूरा गराउने तर्फ प्रभावकारी अनुगमनका लागि आफू र मातहतका निकायलाई कडाइका साथ परिचालन गर्ने बताउनुभएको छ।
नदीजन्य सामाग्रीमा अवैध उत्खनन नियन्त्रण गर्न कानुन सम्मत ढंगबाट अघि बढ्ने तर्फ पनि जिल्ला प्रशासन कार्यालयले स्थानीय तह संग समन्वय गरि अगाडि बढ्ने धारणा राख्नुभयो।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,रामग्राम,बर्दघाट नगरपालिका प्रमुख,सुस्ता,प्रतापपुर, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष र नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here