‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट के हुन्छ त्यो आएको छैन । हामी आज पनि सरकारको जवाफ माग्छौं’ एमालेका सचेतक महेश बर्तौलाले भने ।
दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ । स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् । बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन् ।

















