विश्वकप छनाैट दशरथ रंगशालामा हुने बारेमा अन्यौल

15

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को एसियाली छनौटतर्फ नेपाल र बहराईन बीच दशरथ रंगशालामा हुने भनिएको खेल हुनेबारे अन्यौलता थपिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दशरथ रंगशालाको निरीक्षण गरेपछि नेपाल र बहराईन बीचको खेलबारे अन्यौलता थपिएको हो । फिफा प्रतिनिधीका रुपमा नेपाल आएका मिन्दु दोर्जेले दशरथ रंगशालाको निरीक्षण गरे पश्चात असन्तुष्टी पोखेका छन् ।

दशरथ रंगशालाको अवस्था चित्त बुझ्दो नजभएपछि विश्वकप र एसियन कप छनौटतर्फ नेपालले पाएको घरेलु मयाचहरु अन्य स्थानमा हुन सक्ने सम्भावना पनि थपिएको छ । यसो हुँदा फिफाले नेपाललाई दिने आर्थिक सहयोग पनि थप कटौती हुने सम्भावना देखिएको छ ।

स्मरण रहोस, नेपालले फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ दोस्रो घरेलु म्याचका रुपमा बहराईनसँग आउँदो मार्च २१ तारीखका दिन दशरथ रंगशालामा खेल्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here