आज सुनको मूल्य यथावतै

10

काठमाडाैं । सुनको मूल्यमा मंगलबार कुनै परिवर्तन भएको छैन। सोमबार २ सय रुपैयाँ सस्तिएको सुन मंगलबार उही मूल्यमा कारोबार भएको हो।

मंगलबार पनि छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने १५ रुपैयाँले सस्तो भएको छ। सोमबार १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको चाँदी १ हजार ३ सय ८० रुपैयाँमा झरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here