भारतद्वारा घुमाउरो पारामा नेपालमा आपूर्ति रोकिन सक्ने चेतावनी

173

काठमाडौ, ५ असोज–आफ्नो सहमति विना संविधान जारी गरेको भन्दै असन्तुष्ट रहँदै आएको भारतले २४ घण्टा भित्र दोस्रो विज्ञप्ति प्रकाशित गर्दै हाल मधेशमा जारी आन्दोलन समाधान नगरे नेपालमा आपूर्ति रोकिन सक्ने चेतावनी दिएको छ ।
संविधान निर्माण प्रक्रियालाई रोक्नका लागि गरेको प्रयास असफल भएपछि संविधान जारी भएलगत्तै स्वागत समेत नगरी असन्तुष्टि भरिएको विज्ञप्ति सार्वजनिक गरेको भारतीय विदेश मन्त्रालयले त्यसको २४ घण्टा नवित्दै दोस्रो विज्ञप्ति जारी गर्दै मधेशको समस्या तत्काल सम्बोधन गर्न नेपाललाई चेतावनी दिएको छ । भारतले मधेशमा चलिरहेको आन्दोलनका कारण नेपालमा आपूर्ति गर्ने भारतीय कम्पनीहरुले सुरक्षा चुनौतिका कारण आपूर्ति गर्न नसक्ने भएकाले आपूर्तिमा समस्या आउन सक्ने भन्दै घुमाइरो तरिकाले आपूर्ति व्यवस्था ठप्प पार्ने चेतावनी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमा संविधान जारी गरेको दिनमा समेत भारतसँग सिमा जोडिएका स्थानमा हिंसा र हत्याका घटना भएका भन्दै यसले आफुलाई गम्भिर र चिन्तित बनाएको उल्लेख गरिएको छ । भारतले मधेशको समस्या राजनीतक भएकाले त्यसलाई बल प्रयोग नगरि राजनीतिक रुपमै समाधानका लागि नेपालसँग आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here