संघीय सरकारले फुटपाथ व्यापारीमाथि ज्यादती गरेकोविरद्व हस्तक्षेप गर्नुपर्ने माग

37

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताए।

उनले भने, ‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ। यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता पर्‍यो भने हस्तक्षेप गरोस्।’

उनले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरे। उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे। त्यस्तै दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि माग गरे।

साथै उनले बुढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउने सरकारलाई दबाब दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here