कांग्रेसकाे बैठक आज बस्दै

3

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

हिजो (आइतबार) देखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेल मुख्य ८ प्रस्ताव छलफलका लागि प्रस्तुत गरेका छन् । पहिलो दिनको बैठकमा सभापति गगन कुमार थापाले समग्र राजनीतिक परिस्थितिका बारेमा धारणा राखेका थिए ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषय छलफलका लागि अघि सारिएको छ।

यस्तै, प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here