एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने

40

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने भएको छ ।

अवार्डमा कार्यक्रममा गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित सङ्घले  सिफारिस गरेको खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा खेलाडी सङ्घले जानकारी दिएको हो । यसपटक अवार्ड ललितपुरमा हुनेछ ।

अवार्डमा ३६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी मध्येबाट एक पुरुष र महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार, एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान, एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले एक लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । खेल पत्रकार र खेल व्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here