सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिए

26

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिनाविभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार बेलुका प्रदेश प्रमुख देवराज  जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here