दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार

23

 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ। आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई‌ लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि आइतबार भएको सुनुवाइमा उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोक्न आदेश भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here