रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै असहज

34

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको जनाएका छन्।

रुस–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो।

मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको दाबी गरे।

नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको उनले बताए। उनले उनीहरुसँग गरिएको सम्झौता रद्द गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको जनाए ।

त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाइका लागि पनि रुस सरकारसँग आग्रह गरिएको जनाए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सेनामा रहेका ज्यान गुमाएका नेपालीहरुको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारललाई ताकेता गरिरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here