आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

4

काठमाडौं । बाजुरा, बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको घरमा विद्युत तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर ‍नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वी चन्द्र अस्पताल परासीको प्रयोगशाला कक्षभित्र एसिमा जोड्ने विजुलीको तार सर्ट भई आइतबार राति आगलागी हुँदा कोठाभित्र रहेका सामानहरू आंशिक रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण हाल खुलेको छैन् ।

बझाङ, बिथ्थडचिर गाउँपालिका-९ बागथलास्थित सोही ठाउँ बस्ने भान बहादुर बिष्टको होटल र खुद्रा पसलमा आइतबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मैनाबगर ग्यारेजलाईनस्थित तिलोत्तमा नगरपालिका-३ बस्ने ७१ वर्षीय अर्जुन पोख्रेलको यसोदा सप्लायर्स मोटर पार्टसमा करेन्ट सर्ट भई आइतबार राति आगलागी भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित प्युठान, प्युठान नगरपालिका-३ घर भएका ३० वर्षीय खुम बहादुर थापाको प्युठान होटलमा समेत आगलागी भएको छ । आगलागीबाट होटल तथा मोटर पार्टस् पसलका सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here