न्यायिक विकेन्द्रीकरणका विषयमा समान धारणाको विकास हुनु जरूरी

29

काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समितिहरुबीच न्यायिक विकेन्द्रीकरणका विषयमा समान धारणाको विकास हुनु आवश्यक भएको जनाएकी छिन्।

गोरखा जिल्लाको धार्चे गाउँपालिका, माछीखोलाका उपाध्यक्ष सुनिला गुरुङ्को नेतृत्वमा आएको मेलमिलापकर्तासहितको प्रतिनिधि मण्डलसँग आपसी अभ्यासका विषयमा कुरा गर्दै आज उनले यस्तो जनाएकी हुन्।

‘निःशुल्क कानुनी सहायता, लैङ्गिक हिंसा हेर्ने उद्देश्यसहित वडास्तरमा गठन तथा सञ्चालन गरिएका महिला सञ्जाल, वडास्तरीय मेलमिलाप केन्द्र महानगरपालिकाका अनुकरण योग्य कार्यक्रम हुन्,’ डंगोलको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here