काठमाडौं । रौतहट, बृन्दावन नगरपालिका-१ भोटिया टोल बस्ने ३५ वर्षीया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
घर नजिकै बाटोमा घाँटी काटिएर घाइते अवस्थामा फेला परेका तामाङका श्रीमान् ३७ वर्षीय तिर्थ वाइवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको बताएपछि खोजी गर्ने क्रममा घाँटी काटिएर मृत्यु भएको अवस्थामा सेतीमायाको शव फेला परेको हो ।
घाइते तिर्थ वाइवाको सिभिल अस्पताल चपुरमा उपचार भरहेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार हँसिया २ थान फेला पारी बरामद गरेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थान डेरा गरी बस्ने झापा घर भएकी ३४ वर्षीया अञ्जु लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















