टी–२० क्रिकेटको बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै

7

काठमाडौं । नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ। खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो।

तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो। नेपालले शतप्रतिशत जितसहित ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ। दुवै खेलमा बरोडालाई पराजित गरेको गुजरातको भने ४ अङ्क रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here