कांग्रेस तीन नेता मन्त्रीमा नियुक्त

147

काठमाडौं । नेपाली कांग्रेस तीन जना नेता बुधबार मन्त्रीमा नियुक्त भएका छन्। कांग्रेस उपसभापति धनराज गुरुङ, सांसद मोहनबहादुर बस्नेत डिगबहादुर लिम्बु मन्त्री भएका हुन्।

धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले तीनै नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउने छन्। नवनियुक्त तीन मन्त्रीमध्ये गुरुङ र लिम्बु शेखर कोइराला समूहका हुन् भने स्वास्थ्य मन्त्री बस्नेत शेरबहादुर देउवा पक्षका हुन्।

कांग्रेसले पाएको ८ मन्त्रीमा  यसअघि पार्टी भित्रको विवादका कारण पाँच जनाले मात्रै सपथ खाएका थिए। कोइराला पक्षले आफूहरुले तीन जना मन्त्री पाउनुपर्ने अडान राखेपछि कांग्रेसले मन्त्रीहरु पठाउन सकेको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here