घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटियो

81

काठमाडाैं । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा एक महिलाको शव फेला परेको छ।

हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको हो। स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।

प्रहरीका अनुसार पहिचान नखुलेकी करिब ३५ वर्षीया महिलाको हत्या भएको अवस्थामा शव भेटिएको छ। स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here