के नेपालमा हिन्दु धर्मावलम्बी घटेकै हाे र ?

62

– प्रकाश कट्टारी

नेपाल एक लोकतान्त्रिक गणतान्त्रिक संघीय मुलुकको रुपमा वि.सं. २०७२ मा संवैधानिक रुपमा पूर्ण बहुमतका साथ कायम भएको मुलुक हो । जसको मूल उद्देश्य नेपाली जनताको सर्वाङ्गिण विकास गर्नु हो । एउटा विकास प्रक्रिया निरन्तर चलिरहने नदिको पानी जस्तै अगाडि बढेको हुन्छ जुन कहिले घट्छ, कहिले बढ्छ, कुनै ठाउँमा बढी देखा पर्छ, कहीँ कम हुँदै जान्छ जसको वास्तविक रुपमा एकिन गर्न गाह्रो हुन्छ । म एउटा अंग्रेजी साहित्यको अध्येता, नेपाली कानुनको विद्यार्थी र नेपालमा नेपाली अंग्रेजी भाषाको अनुवादको रुपमा रही नेपालका विशिष्ट शैक्षिक क्षेत्रमा काम गरेको व्यक्ति हुँ जो विदेशीहरुको भ्रमण, लेखन र कुराकानीमा संलग्न रहन्छु । यसै संलग्नताको सन्दर्भमा बसन्त ऋतुको सुरुवातसँगै एउटा विदेशी मूलका नेपाली भाषा सिकारु व्यक्तिले आपूm नेपालको संस्कृति अध्ययन गर्न भन्दै काठमाडौंको ऐतिहासिक स्थल पाटनमा एक प्रश्न गर्नुभयो । नेपालमा अहिले मात्र २ प्रतिशत हिन्दु छन् ? या १० वर्षमा ७९ प्रतिशत हिन्दु घटे ? किन ?

जवाफमा मैले इन्कार गर्दै यस्तो होइन नेपालमा ८२ प्रतिशत हिन्दु धर्मावलम्बीहरु भएको जिकिर गर्दा उनले नेपालको नयाँ राज्य प्रणालीले नेपाली संस्कृतिमाथि ढक्का दिएको हो या विकास गरेको हो भन्ने कुरालाई दर्शाउँदै नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा सर्वाधिकार बोकेको कक्षा ७ को सामाजिक अध्ययन तथा मानौ मूल्य शिक्षा नामक पुस्तकमा उपलब्ध केन्द्रीय तथ्यांक विभाग, २०७८ बाट प्राप्त तथ्यांक देखाउँदै नेपालको धर्मको आधारमा रहेको जनसांख्यिक बनोटलाई प्रदर्शन गर्दै मलाई जित्न सफल भएको देख्दा मेरा मनमा अनेकौं प्रश्नहरु उब्जिन थाले । यसरी नेपालको केन्द्रबाट नै आपूmले अधिकार प्राप्त पाठ्यक्रम विकास केन्द्र जहाँ शिक्षाविद्, ज्ञानका प्रखर वक्ता देशको सार्वभौमसत्ता, स्वाभिमान र बहुसांस्कृतिक चरित्रको मुलुकमा एकाएक कसरी यस्ता लेखाई हुन थाल्यो ? कुन रुपमा नेपाली विकास हुँदैछ ? के नेपालमा धर्मका अध्येताहरु हराउन थाल्यो कि नेपाली शिक्षा प्रणालीका लेखक महोदयहरु, नेपाली विश्वविद्यालयमा बसेका ठूला शिक्षाका सरदारहरु नेपाली धार्मिक संहिष्णुतामाथि आघातका पानाहरु थप्दै नेपालको धार्मिक संहिष्णुतामाथि यथास्थिति नबनाई अहिलेको बालमैत्री शिक्षा मार्पmत बालबालिकाको मानसिकतालाई विदेशीहरुको कलम, बोली तथा कार्यमार्पmत नेपालको हावापानी भन्दा विदेशीको मुद्रालाई नेपालीको माटोभन्दा विदेशी खनिज पदार्थ, नेपाली कला सिप भन्दा बाह्य भेदलाई अगाडि बढाउने कार्यतिर सामाजिक शिक्षा मार्पmत बढ्ने÷बढाउने कार्यको थालनी हो की जस्तो लाग्न थालियो ।
विदेशीको कार्ययोजनालाई नेपालको आउँदो दशकभित्र राजनीतिक रुपले मात्र नभई जीवनको मूल आधार शिक्षा प्रणालीतिर बढी ध्वंस गर्ने कार्य भएको हो कि जस्तो एउटा प्रश्नले मेरो मनमा ढकढक्याउन थाले । मलाई आपैm एउटा हिन्दुत्वको दर्शन, दिशा, सिद्धान्त र विचारभन्दा नेपालको अस्तित्वमाथि कब्जा दिर्घकालीन योजना तयार भइरहेको छ कि भन्ने कुराले घुमाउन थाल्यो । दुनियाँमा प्रकृतिको वरदानको रुपमा रहेको नेपाली भूमिमाथि आप्mनो औपनेवेशिक गर्न नसके तापनि नेपाली विचार, सिद्धान्त तथा आदर्श व्यवहारलाई आप्mनो मातहतमा राख्न सक्ने परिस्थितिको सुरुवात भइरहेको हो कि भन्ने कुरालाई पुँजीवादले नेतृत्व गरेको ठूलो दलको यही मनसाय हो कि यस्ता शिक्षा प्रणालीमाथि विचार विमर्श गर्न नसक्ने झोले समाजवादीहरुको मन÷कथन हो । शिक्षा बिनाको देश लोकतान्त्रिक हो कि गुलाम बुद्धिजीवी तथा नैतिकहिन राजनीतिक कर्मीहरुको संगमनको उदाहरण हो ? आज आपूmलाई शिक्षाको दियो बाल्ने पाठ्यक्रम विकास केन्द्रमा शिक्षा विहिन राजनीतिक, प्रशासनिक कार्यभार बोक्नेहरुको मसी भन्दा रगतलाई ठूलो मान्ने माओवादको उद्देश्य नेपालीपन भन्दा बाह्य पन हो कि नेपाली सत्तालाई आप्mनो पुर्खाको सत्ताको रुपमा राख्दै नेपाली जनतालाई कर, राजस्व तथा अन्य क्षेत्रबाट दबाब सिर्जना गर्ने विभिन्न दलगत व्यक्तिहरुको समूह राज्यविरुद्ध सरकारका नीतिहरु, नीतिविरुद्धका कर्मचारी, मन्त्री तथा प्रधानमन्त्री जो मतीभन्दा मतको कारोवार अव्यवस्थित राज्य प्रणालीको उदाहरण प्रस्तुत गर्दै राज्यको मूल मन्त्रको रुपमा रहेको सार्वभौमसत्ता, अखण्डता तथा आत्मसम्मान भन्दा व्यापारिक राज्य संयन्त्र मात्र बिना अध्ययन नै ज्ञानको विभूति, आधारभूत विकास बिना माध्यमिक शिक्षकको ब्याच राख्ने नेपाली शिक्षकहरुको अध्ययन÷अध्यापन, लेखन÷सम्पादन क्षमतामाथि अनेकौं प्रश्नहरु बिजहरु रोप्न सकिन्छ । विश्वको सबैभन्दा पुरानो सभ्यता धार्मिक आस्था बोक्ने हिन्दुृहरुको बीचमा आफ्नाे क्षेत्र तथा बच्चाहरुले गरेको कार्यमाथि अनुगमन, निरीक्षणभन्दा माइकिङ्गको भाँस गर्ने अन्धविश्वासी हिन्दुहरु आफ्नाे धर्मसंस्कृतिको चौतर्फी रुपमा अगाडि बनाउन आधारभूत तहबाट नै हरेक क्षेत्रमा गाउँदेखि शहरसम्म, एक ठाउँदेखि अर्को ठाउँको यात्रालाई विदेशीको आवाजभन्दा आप्mनो यन्त्र, तन्त्र तथा मन्त्रलाई ध्यान, योग तथा उपलब्ध प्रकृति प्राकृतिक स्रोतबाट आप्mनो जीवनयापन गर्न सकिन्छ ।

विश्वका दुई ठूला राज्यका बिचमा रहेको प्राकृतिक राजमार्ग जहाँ धार्मिक संहिष्णुताको व्यानरसँगै अगाडि बढेको बहुराष्ट्रिय राज्यले आप्mनो शैक्षिक, आर्थिक स्वावलम्बन भन्दा आश्रयको ढोका खोल्दै नेपालीको एकता, अखण्डता तथा अस्मितामाथि प्रश्नको संगालो खन्याउन पूर्ण अधिकार नामक पंक्षीलाई पिंजडामा कैद गर्दै भावी पुस्ताको स्वतन्त्रता, समानतामाथि तरकारी पकाउन सुरु गरेको भाडामाथि भाडालाई आगो माथि राखेको तेल र पानीबाट निस्केको आवाजलाई प्रदर्शन गर्दै तत्क्षणको लागि आप्mनो माटो हावापानीलाई चिन्न नसकेको दलिय व्यवस्थालाई सुधार्न र शैक्षिक प्रमाण पत्रको खोस्टो बोकेको नेपाली शिक्षकदेखि प्राध्यापक सम्मलाई आप्mनो धर्म, राष्ट्र, राष्ट्रियताको चिनारी बारे जीवनको मूलभूत नैतिक आचरण, शिक्षा पद्धतिलाई प्रश्नको घेराभित्र राख्न सकिन्छ ।

धर्मको ठेकेदारभन्दा जानकारहरुले आ फ्नाे सामूहिकता र विभेदको निति भन्दा जीवनको मूल उद्देश्य आधारभूत तहसँगै सुरुगर्दा जीवनको सपना एउटा व्यवस्थित समाज निर्माण गर्न सकिन्छ भने सोच राखी वास्तविक जानकारी तथा अध्ययनसँगै नयाँ सोच, विचार र आफ्नोपनलाई नयाँ कोणबाट देख्न-देखाउन सकिन्छ तर पश्चिमाको गाडी बोकी अगाडि हिँड्ने नेपालीहरुको बिचमा कुनै शिक्षा, ज्ञान वा जानकारीको वास्तविकता नरही देखावती चार चक्कामाथि आफूलाई अगाडि बढाएको हो कि नेपालको भूमिमाथि विदेशीको अधिकार र नागरिकताबाट नेपालका हिन्दुहरुलाई घटाई वास्तविक विकासभन्दा अरुको गुलाम बनाउने सपना सपनालाई साकार पार्ने कदमहरुको प्रयास हुँदैन । यसबारे नेपाली जनताहरु आफ्नाे परिवर्तित राज्य प्रणाली लगायत जनताबाट गएका कर्मचारी तथा प्रतिनिधिहरुलाई वास्तविक रुपमा अध्ययन र अध्येताको रुपमा पठाएको हो कि नेपालबाट अर्कोको शासन सुरुवात गर्ने र संस्कृतिमाथि अरुको भाँस देखाउने शैलीलाई रुपान्तरण गर्न खोजेको यसको लागि नेपाली जनताबीच एकता धार्मिक संहिष्णुता र दक्षिणदेखि उत्तरसम्मका नेपालीहरुको राष्ट्रियताको तकियामाथि अगाडि बढी नयाँ कोठा भेटाउनु भन्दा पुरानै आफ्नाे  माटोलाई बलियो बनाउन र शिक्षा प्रणाली मार्फत आफ्नाे पनलाई कायम गर्न हरेक ठाउँबाट आवश्यकताको बिज रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here