टोखा बिस्काः जात्राकाे आज अन्तिम दिन

31

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः (जात्रा)को चौथो दिन आज सिन्दुरजात्रासहित रथलाई  परिक्रमा गरिएको छ।

गत चैत मसान्तदेखि सुरु भएको जात्राको आज चौथो दिन साेमबार बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको रथलाई सिन्दुरजात्रा गरी टोल परिक्रमा गरिएको र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइएको छ।

हिजाे दिउँसो तलेजु गुथीबाट जीवित गणेश, कुमारीसहित पूजा ल्याएर सिन्दुरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए। यस्तै, उक्त रथलाई मसानकालीको मन्दिर र  गाउँको परिक्रममा गरी आजै साँझ कोनेलाक्षीःमा बिसाइएको छ। हिजै रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ।

बिस्का जात्राको चौथो दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, कांग्रेस नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायत व्यक्तिहरु जात्रामा पुग्नुभएको थियो।

टोखा नगरपालिकाले जात्राका अवसरमा साेमबार टोखाको वडा नं २ र ३ मा र अाज अर्थात् जात्राको अन्तिम दिन टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here