काठमाडौं । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।
टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा कांस्य पदक जितेका हुन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका थिए ।
प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने जनाएका छन् । जापानको ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ ।


















