कुमारी बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता

43

काठमाडौं । कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ ।​ बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिए बापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा छुट प्राप्त गर्नेछन् ।

जसअनुसार केन्द्रको ओपीडीमा काठमाडौंस्थित मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै पहिलो भिजिटमा नि:शुल्क आँखा परीक्षण सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्स्टेन्सन काउन्टर तथा ६५ शाखारहित ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here