काठमाडौं । कागेश्वरी मनोहराको थलीमा मृत अवस्थामा भेटिएका पुरूषको छोरा घाइते अवस्थामा भेटिएका छन् ।
भक्तपुर नगरपालिका-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मंगलबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । बुवाछोराबीच विवाद हुँदा घटना घटेको हो कि भनेर छोरालाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।
थलीको उकालोमा कृष्ण मृत अवस्थामा देखेपछि मर्निङ्वाक गर्नेले प्रहरीलाई खबर गरेका थिए ।
कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव भेटिएको थियो ।


















